२०८२ मङ्सिर १ गते सोमवार

३ महिनाको अवधीमा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौँ, २६ कात्तिक ।  पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो । तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

त्यसैगरी धम्कीरदुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा अवरोधका पाँच र नीतिगत बन्देजका दुई वटा घटना घटेको छ । प्रदेश अनुसार सबैभन्दा धेरै बागमतीमा ४४, मधेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एक वटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएका पाइएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया