२०८२ मङ्सिर १ गते सोमवार

दाङको राप्ती गाउँपालिकाका ११ स्थानमा जेब्रा क्रसिङ निर्माण

तुलसीपुर, २७ कात्तिक ।  दाङको राप्ती गाउँपालिकाका विभिन्न ११ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । आशाका किरण संस्थाको आयोजना तथा अस्थायी ट्राफिक पोष्ट भालुबाङको समन्वयमा हप्ता दिनको अवधीमा पालिकाका ११ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको भालुबाङका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक सई नरेन्द्र शाहीले जानकारी दिनुभयो । विशेषगरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ यस्तो कार्य गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शान्तिपुर चैतेमा एउटा, उपल्लो भालुवाङमा ४ वटा, भालुवाङ पुलचोक बजार क्षेत्रमा ३ वटा, पाखापानीमा एउटा र लालमटियामा २ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । यस अभियानबाट विद्यालय आसपासका क्षेत्र, बजार क्षेत्र तथा भीडभाड हुने स्थानमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो चरणको जेब्रा क्रसिङ निर्माण कार्यअन्र्तगत ११ ठाउँमा निर्माण गरिएको भन्दै उहाँले आगामी दिनमा पनि सडक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया