अवैध उत्खनन् गरेको भन्दै जेसीवी र टेक्टर नियन्त्रणमा

तुलसीपुर,२१ फागुन ।
अवैध रुपमा नदिजन्य वस्तु उत्खनन् गरेको भन्दै प्रहरीले आज एक जेसीवी सहित ७ वटा ट्ेक्टरलाई नियन्त्रणमा लिएको छ । ग्वारखोलाको पुलको उत्तर दक्षिण क्षेत्रबाट अवैध रुपमा नदिजन्य वस्तु उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार भे १ त ८०२१,रा १ त ३४७, लु १ त ९०८, लु १ त ९६८३ , रा १ त २९८२ , रा १ त ८२४ र ना ५ त ५५५७ नम्बरको जेसीविलाई नियन्त्रणमा लिइएको छ । यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया