जंगे पिलरको मर्मत गर्दै नेपाल भारत

सन्तोष अधिकारी

दाङ, २० फागुन । दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भहरु पुर्ननिर्माण गरिएको छ । भारत सँग सिमा जोडिएको दाङका भुभागमा दुबै पक्षले नयाँ सिमा स्तम्भहरु पुर्ननिर्माणको कार्यलाई जारी राखेका छन् । सिमास्तम्भ मर्मतको लागि नेपाल तथा भारतका विज्ञहरु सहितको टोली लागिरहेको दाङका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।  भारत सँग जोडिएको दाङको भुभाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भहरु रहेका छन् । ७७ सिमा स्तम्भ मध्ये ३७ मुख्य र ४० वटा सहायक स्तम्भहरु रहेकाछन् । ति मध्ये अहिले सम्म नेपाल र भारतले ५९ वटा सिमा स्तम्भ मर्मत गरिसकेका छन् । नेपालले १४ मुख्य र २१ सहायक सिमा स्तम्भको निर्माणको काम सम्पन्न गरिसकेको छ भने बाँकी ४ मुख्य र १ सहायक सिमा स्तम्भ बनाउन बाँकी रहेको जनाएको छ । त्यसैगरी भारतले ११ मुख्य र १३ सहायक सिमा स्तम्भहरु निर्माण गरिसकेको शसस्त्र प्रहरी सिमा सुरक्षा बल कोईलावासले जनाएको छ । भारतले अब ७ मुख्य र ५ सहायक स्तम्भ बनाउन बाँकी रहेको छ । नेपाल र भारत सरकारको सहमति अनुसार नेपालले बिजोर र भारतले जोर संख्याका सिमा स्तम्भहरु मर्मत गरि रहेको छ ।

निर्माण तथा मर्मतको काम सँगै पेन्टीङ र नम्बरिङ पनि भैरहेको छ । लामो समय सम्म सिमा स्तम्भको मर्मत नहुदा सिमा क्षेत्र नै मेटिने अबस्थामा रहेको थियो । नेपालको तर्फबाट नापि बिभागका चिफ सर्वे अफिसर बलराम पोख्रेल र भारतको तर्फबाट एसएसविका अनुराग कुमार शर्माको टोली सिमा स्तम्भको पूर्ननिर्माण र मर्मतमा खटिएका छन् । दाङ क्षेत्रमा रहेका ७७ वटा सिमा स्तम्भ मध्ये एउटा सिमा स्तम्भ खोलाले बगाएको छ । कोईलावास गाँउपालीका ८ खवरी गाँउमा रहेको खवरी खोलाले उक्त सिमा स्तम्भ बगाएकोमा दुवै देशको सर्वे टोलीले सोही रीपोटीङ गरेको बताउछन् । शसस्त्र सिमा सुरक्षा बल कोईलावासका प्रहरी निरीक्षक डिसिले उक्त खोलाले बगाएको प्रमाण रहेको बताएका छन् ।

दुवै देश विचको उच्च स्तरिय सरकारी टोलीको अध्ययन पछि नयाँ स्तम्भ निर्माण गरिने बताईएको छ । नेपाल तर्फका नाका क्षेत्रमा सडक सञ्जाल नभएका कारण नियमित अनुगमनमा कठिनाई भएको सिमा सुरक्षा बल, कोइलावासका प्रहरी निरिक्षक ईश्वर डिसीले जानकारी दिए । अहिले पनि उनको क्षेत्र पर्ने जिल्लाको ७७ किलोमिटर क्षेत्रमा पुग्ने सडक सम्म छैन । कुनै निश्चित स्थानमा जानुपरेमा सिमा शुरक्षा वललाई समेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अहिले गाँउपालीकाको बजेटले कोईलावास पुर्व वाटोको ट्रयाक खोल्नकोलागि ९ लाख तथा पश्चिम तर्फ खवरी नाका सम्म पुग्नको लागि ८ लाख छुृट्टाएको छ । यो वडाको वजेट भएकोले आफ्नो वडा भित्र सडक सञ्जाल खोल्न काम भैरहेको गढवा गाँउपालीका ८ का अध्यक्ष सद्धाम सिद्धिकीले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया