लक्ष्मण विशवकर्मा
दाङ २१ फागुन/ दाङको लमही नगरपालिका वडा नं. १ सुनडवरीमा आज विहान मृत अवस्थामा फेला परेको शवको शनाखत भएको छ । शनाखत हुनेमा तनहु जिल्लाको सिरिङ गाउपालिका वडा नं. ६ घर भएका ६१ वर्षिय याम बहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मृतकका छोरा तुलसीपुरमा बस्दै आएकोले थापा छोरालाई भेट्न तनहुंबाट तुलसीपुर आउन लागेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।
मृतक थापा गाडीको ठक्करबाट ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।तर कुन गाडीले ठक्कर दिएको भन्ने केहि खुल्न नआएपनि मृतकको साथबाट भेटिएको टिकटको आधारमा प्रहरीले एउटा वसलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार