
तुलसीपुर, २१ फागुन
जन्मदर्ताको महत्व दर्शाउदै तुलसीपुर उपमहानगरपालिका –६ नम्बर वडाले सोमबार देखि घरदैलो अभियान संचालन गरेको छ । समयमै जन्मदर्ता गराई , बाल अधिकारको सुनिश्चित गरौं भन्ने नारा सहित वडा बाल क्लव र ६ नम्बर वडाले घर देलो अभियान गरेको वडा सदस्य दुजमान भण्यडारी(बर्षात) ले जानकारी दिएका छन् । पहिलो दिन सोमबार मोतिपुर र राजापुरका गाउँमा रहेका घरमा पुगेर यसको महत्वका बारेमा जानकारी गराइएको आयोजकाले बताएको छ । भोली वडाका अन्य गाउँमा अभियानलाई लागिने छ ।
प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार