काँग्रेस संसदीय दलको नेता छनोट गर्न मतदान सुरु

काठमाडौं– काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । दलको कार्यलय सिंहदरबारमा बिहान १० बजेबाट मतदान सुरु भएको हो । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पुर्व महामन्त्री प्रकासमान सिंहले उम्मेदवारी दिएका छन् ।

काँग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षले पार्टी सभापति देउवालाई मैदानमा उतारेको हो भने बरिष्ठ नेता रामचन्द्र पौडेलसमूहले पूर्वमहामन्त्री सिंहलाई उम्मेदवार बनाएको हो ।

मतदानको समय बिहान १० देखि दिउँसो १ बजेसम्मलाई तोकिएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले बताएका छन् ।  मतदान सकिएपछि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।  काँग्रेसका प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका २३ र समानुपातिकतर्फ ४० गरी ६३ जना सांसद छन् ।

रातोपाटीबाट

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया