
तुलसीपुर,२१ फागुन ।
दाङको लमहीमा एक पुरुषको शव फेला परेको छ । लमही १ सुन्डवरीमा आज विहान ४ बजेतिर उक्त शव फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । उक्त शवको पहिचान नभएको जनाईएको छ । गाडीको ठक्कर बाट ज्यान गएको जस्तो देखिने उक्त शव लाई अहिले लमही अस्पतालमा राखिएको छ ।
दमौलीबाट तुलसीपुर सम्मको टिकेट मृतकको साथमा रहेको र उक्त गाडीलाई अनुसन्धानका लागि बोलाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार