हत्या पश्चात शब भारत लग्दै गरेका सार्वजनिक

मोरङ, फागुन २० – एकजनाको हत्या गरेर भारततिर शव लैजाँदै गरेका तीन हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार विराटनगर महानगरपालिका वडा नम्बर–३, स्थित गोधुली मार्गबाट हत्या गरिएको शवसहित पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

नाटकिय ढंगबाट भएको हत्याको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मोरङको उर्लावारी नगरपालिका वडा नम्बर–७, का ३६ वर्षीय सनम शाक्यलाई नरेन्द्र कार्की, टेकराज मल्ललगायत मिलेर हत्या भएको प्रहरीले जनाएको छ । मोरङकै उर्लावारी नगरपालिका–१, स्थित सोल्टी खोलाको किनारको जंगलमा हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि प्रहरीले सनमको शवलाई बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा हालेर उनीहरुले नहरै नहर नेपाल–भारत सीमातर्फ लैजाँदै गर्दा महानगरिय प्रहरी अपराध महाशाखा टेकुबाट खटिको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्व गरी शवसहित ३ जना  र २ वटा गाडीलाई मोरङको विराटनगर–३, बाट पक्राउ गरेको मोरङ जिल्लाका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

प्रहरीले बा १२ च ५९६३ नम्बरको सेतो रंगको स्कारपियो र त्यही गाडीको पछाडी रहेको मे १  च ५३९५ नम्बरको गाडीलाई विराटनगर–३, को गोधुली मार्गबाट नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा उक्त गाडी भित्र प्रहरीले कालो म्याट्रेस, त्रिपाल र तौलियाले लुकाई राखेको लास, करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीहरु समेत फेला पारेको थियो ।

काभ्रे मन्डन देउपुर गाउँपालिका वडा नम्बर–१२, का टेकराज मल्ल ठकुरीले चलाएको बा १२ च ५९६३ नम्बरको गाडीमा शव फेला परेको प्रहरीले जनाएको छ । ठकुरीसहित मे १ च ५३९८ गाडीको चालक उर्लावारी नगरपालिका–५, का मोहन काफ्ले र सोही गाडीमा रहेका उर्लाबारी नगरपालिका–७, का कृष्ण भन्ने नरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले हत्याको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा सुन तसकरी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पूर्वी नेपालमा ठूलो परिणाममा सुन कारोवारको गिरोह सक्रिय भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

उज्यालो अनलाइनबाट

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया