कानुन र संरचना वनाउन लागेका छौ – मुख्य मन्त्री

सन्तोष अधिकारी

दाङ, २० फागुन । प्रदेश नम्मर पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अहिले कानुन र संरचना वनाउन जोड गरीरहेको वताएका छन् । लमही नगरपालिका दाङको दोस्रो नगरसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको अभ्यास नेपालमा पहिलो पटक भएकोले प्रदेश सरकारले कानुन र भौतिक संरचना वनाउन लागिपरेको बताएकाहुन् ।

“स्थानिय तह संचालनको लागि पहिले नै अनुभव सहित कानुन र संरचना त थियो, प्रदेश सरकारको हामीले शुन्य वाट काम गर्नुछ सबैले नयाँ अभ्यास गर्दैछौ” पोख्रेलले भने । गतिका साथ काम नगरे अरु प्रदेशको तुलनामा पछाडी परीने भएकोले पाँच नम्मर प्रदेशलाई आर्थिक समृद्धिको प्रदेशको रुपमा विकाशगर्न आफू लागिपरेको बताए । तराइ र पहाड मिलेको उपयुक्त प्रदेश रहेकोले पाँच नम्मर प्रदेशलाई नमूना प्रदेश वनाउन सकिने तर्क मुख्मन्त्री पोख्रेलको थियो । जनतालाई खुःशी वनाउने काम सरकारको रहेको भन्दै पोख्रेलले स्थानिय तहले जनतालाई खुःशी वनाउनुपर्ने बताएकाछन् । “स्थानिय तह संग जनताको प्रत्यक्ष सम्बन्ध रहन्छ, त्यसैंले जनतालाई खुःसी पार्ने काम तपाइहरुको हो, प्रदेस सरकारले आधार तय गरीदिने मात्र हो” स्थानिय तहका प्रतिनिधी र कर्मचारीलाई निर्देशन दिदै मन्त्री पोख्रेलले भने ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री पोख्रेलले स्थानिय तहले प्रभावकारी ढङवाट काम गर्न सके केही वर्ष भित्र परीवर्तनको अनुभुति दिलाउन सकिने धारणा राखे । स्थानिय तहका प्रतिनिधीहरुले आवश्यकता अनुसार विज्ञहरुको सल्लाह सुझाव लिएर काम गर्न पनि मुख्यमन्त्री पोख्रेलले आग्रह गरे । “नजानेको विषयमा जानेको जस्तो गरी गल्ती गर्नुहुंदैन, आवश्यकता अनुसार विज्ञको सल्लाह लिएर काम गर्दा धेरै राम्रो हुन्छ, मुख्यमन्त्री पोख्रेलले भने । मुख्यमन्त्री भएपछी देउखुरी उपत्यकामा औपचारीक कार्यक्रममा पहिलो पटक सहभागि भएका मुख्यमन्त्री पोख्रेलले देउखुरी उपत्यका र लमही नगरपालिकालाई विकास गर्न स्थानिय संस्कृतिलाई प्रोत्साहन गर्दै उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा नगरप्रमुख कुलवहादुर केसीले लमही नगरपालिमा धेरै आन्तरीक आम्दानीका श्रोतहरुवाट विकास गर्न सकिने सम्भावना रहेपनि पूरा गर्न नसकिएको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया