सल्यानमा फोटो पत्रकार समुह गठन

 

बुद्धिमान पुन, सल्यान २०, फागुन ।

जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले स्वच्छ र निष्पक्ष पत्रकारीता गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । अहिले पत्रकारीताको नाममा धेरै क्षेत्रहरुमा बिकृती समेत फैलिने गरेको बताउदैँ स्वच्छ, स्वतन्त्र र निष्पक्ष पत्रकारीता गर्न आग्रह गर्नु भएको हो ।

राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा सल्यानको प्रथम जिल्ला अधिबेशनको उद्घाटन सत्रमा बोल्दैँ उहाँले यस्तो बताउनु भएको हो । उहाँले समाजका कुनाकन्दरामा लुकेर रहेका समस्याहरुलाई बाहिर ल्याउन आग्रह गर्नु भएको थियो । यस्तै उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाहीले आफ्नो आचारसंहिता भित्र रहेर स्वच्छ र निष्पक्ष पत्रकारीता गर्न आग्रह गर्न भयो ।

प्रज्वल अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, सहसचिब शिब डाँगी, कोषाध्यक्ष योगराज बिश्वकर्मा लगाएतकाको पनि उपस्थिती रहेको थियो ।

यसैबिच अधिबेशनले गणेश चन्दको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा प्रज्वल अधिकारी, सचिबमा उत्तर कुमार साहु, सहसचिबमा मेघा रेउले र कोषाध्यक्षमा खकेन्द्र केसी चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा हिमा बोहरा, मिना खड्का, धुर्बराज वली, ईन्द्र बहादुर बुढाथोकी, बामदेब केसी र फिरज थापा चयन हुनु भएको छ । यस्तै समुहको सल्लाहकार समितीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक ईच्छुक शर्मा र सुकदेब बिक चयन हुनु भएको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया