स्तर उन्नतीका लागि महापुराण लागाउने तयारी

तुलसीपुर, २० फागुन
बृद्धसेवा समिति जेष्ठ नागरिक समाजले श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । रिपोटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर जेष्ठ नागरिक समाजले तुलसीपुर उपहानगरपालिका १२ रझेनामा रहेको बृद्धाश्रमको स्तर उन्नतीकालागि फागुन २४ गते देखि महापुरण संचालन गर्न लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले घरबाट तिरस्कृत भएका, घर निकाला भएका अशक्त बृद्धबद्धाहरुको अन्तिम आश्रय स्थल वृद्ध सेवा समिति नै भएकाले यसको स्तर उन्नती र विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताउनु भयो ।
‘हामी जाने बटो पनि त्यहि हो,’ अध्यक्ष अधिकारीले भने, ‘यस पवित्र कार्यलाई सबैले मनै देखि सहयोग गरेर सफल पारौ ।’
पत्रकार सम्मेलनमा महिला अधिकार कर्मी शुष्मा गिरी, पत्रकार नारायणी रजौरेले सामाजिक कार्यको लागि आर्थिक संकलनार्थ हुनलागेको कामलाई सफल बनाउनु सबैको दायित्व भएको भन्दै सहयो गर्न सबैलाई आग्रह गर्नुभयो ।
यस अघि संचालन भएको महापुराणमा नारायाण गौतमले तुलसीपुर उपमहानगर पालिका १२ रझेनामा एक विघाह जग्गा उपलब्ध गराएपछि अहिले सोही ठाउँमा बृद्धाश्रमका लागि भवन निर्माण गरिएको छ ।

३० फागुन सम्म संचालन गरिने महापुराणमा ६० हजार एक रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म दान गर्ने दानदातालाई सुवर्णको जलप भएको फ्रेमसहितको प्रमाणपत्र संगै ७ जनाको नाम शिललेखमा राख्नुका साथै भजनकृतन सहित मन्दिर परिक्रमा गराउने, एक लाख माथि दान गर्नेलाई शुवर्णको जलप भएको फ्रेमसहितको प्रमाणपत्र संगै ७ जनाको नाम शिललेखमा राख्ने र दुई जनाको फोटो निर्माणाधिन सभाहलमा राखी सम्मान गर्ने यतायरी गरिएको आयोजकले बताएको छ । रिपोटर्स क्लवका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार निरला अर्याल गैरेले गर्नु भएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया