पातुखोलाको वगर वस्तीका रुपमा विकास हुदै

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर २० फागुन ।
झन्डै डेढ दशक अघि पातुखोलाको वगर अहिले वस्तीका रुपमा विकास भएको छ । तुलसीपुर वजार क्षेत्र देखी पश्चिम तर्फ रहेको पातुखोलाको छेउछाउमा अहिले वस्तीको रुपमा विकास भईसकेको छ । वि.स २०६०र०६१ सालमा पातुखोलाको छेउछाउमा सुकुम्वासीको नाममा वस्ती बसेको थियो ।

सुरुमा पातुखोलामा वाढिका कारण बस्ती विस्तार हुन नसके पनि पछिल्नो समयमा सयौ घरहरु निर्माण भएका छन् । पातुखोलाको दुवै छेउको बगर अहिले बगर नभई बस्तीको रुपमा विकास भएको छ । त्यति मात्र होईन बस्ती विस्तार भए संगै उक्त क्षेत्रमा विकासले पनि उत्तिकै गति लिएको छ । बगरको वस्ती भएता पनि प्रत्येक आर्थिक वर्षमा कुनै कुनै विकास योजना सम्पन्न भएको टोल विकास संस्थाको भनाई छ ।

त्यस क्षेत्रमा हरेक वर्ष वर्षातको समयमा पातुखोलाको त्रास हुने भएता पनि बस्ती भने बाख्लीदै गएको छ । त्यस क्षेत्रको बस्ती संरक्षणको लागी भरखरै आरसीसी पनि निर्माण गरीएको छ । पातुखोलाको बगरमा घर भएपनि विकासको रहर उत्तिकै भएको स्थानियवासीको भनाई छ । तुलसीपुर ५ बसपार्क देखी उत्तर तर्फ पातुखोलाको पुर्वका विभिन्न टोललाई जोड्ने गरी अहिले सडक कालोपत्रे गर्ने काम भईरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७४र ०७५ बाट रु ३० लाख रुपैया र स्थानिय उपभोक्ताबाट २० लाख रुपैया गरी जम्मा ५० लाख रुपैयाको लगानीमा सडक कालोपत्रेको काम सुरु गरी अन्तिम चरणमा पुगेको विशाल नगर टोल विकास संस्थाले बताएको छ । प्रगतिशिल टोल देखी स्वर्गद्धारी टोल हुदै उत्तरमा रहेको रामनगर टोल विकास संस्थाको सिमाना सम्म छ सय सात मिटर सडक कालोपत्रे गरीएको संस्थाका उपाध्यक्ष नवराज वलीले जानकारी दिएका छन् । उनका अनुसार सोहि वजेट अन्र्तगत पक्कि नाला पनि निर्माण गरीएको छ ।

त्यस्तैगरी वडा कार्यालयबाट वजेट माग गर्ने गरी सडकको भित्रि भागमा पनि झन्डै पचास मिटर कालोपत्रेको सम्पन्न भईसकेको छ । प्रत्येक घरधुरीबाट मिटरको दुई हजार रुपैयाका दरले उपभोक्ताबाट रकम संकलन गरीएको उपभोक्ता समितिका अध्यक्ष मेघराज केसीले जानकारी दिएका छन् ।

उनका अनुसार सडक कालोपत्रे निर्माण गर्नका लागी ठेकेदार प्रबिण वलीलाई जिम्मा दिइएको छ । तिन वटा टोल विकास संस्था संग जोडिएको हुदा लाभान्वित उपभोक्ता मध्ये केहिबाट रकम उठ्न बाँकी रहेको समितिका अध्यक्ष केसीको भनाई छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया