संघीय संसदको पहिलो बैठकको तयारी पूरा

काठमाण्डौं,१९ फागुन ।
नयाँ संरचाना बनेको संघीय संसदको पहिलो बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । औपचारिक रुपमा पहिलो बैठक बस्नु अघिल्लो दिन हुने नव निर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रमको पनि तयारी पूरा भएको छ । संसदको पहिलो बैठक फागुन २१ गतेका लागि तोकिएको छ ।

संघीय संसदको लागि कार्यसूची तयार भइसकेको संसद सचिवालयले जनाएको छ । संघीय संसदको पहिलो बैठक बस्नुअघि २० गते प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोहिदिन पहिले नै शपथ लिनेछन् ।

राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले दुवै सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यतालिका सचिवालयले तयार पारेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महेन्द्रराय यादव राष्ट्रियसभाका लागि ज्येष्ठ सदस्य कांग्रेसकी तारादेवी भट्टले पहिले शपथ लिएर अरुलाई शपथ ग्रहण गराउनुहुने छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया