उछृङखल गतिविधि गर्ने १० जना तुलसीपुरमा पक्राउ

तुलसीपुर, १८ फागुन
दाङको तुलसीपुरमा उछृङखल गतिविधि गर्ने १० जना पक्राउ परेका छन् । तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरेर हल्ला गर्ने, मोटरसाइकलमा ३ जना राख्ने, तिब्र गतिमा सवारी चलाउने १० जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसै विच ५० जना युवालाई नियन्त्रण पछि सम्झाई बुझाईगरी छोडेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया