समाजिक सद्भावले मात्रै संस्कृतिको संरक्षण हुन्छ

 

तुलसीपुर, १८ फागुन

समाजिक सद्भाव र एकताले मात्रै सांकृतिक पहिचान वोकेका संस्कृतिको संरक्षण हुने एक कार्यक्रमका सहभागी वक्ताले जोड दिएका छन् । चाड पर्वका नाममा भित्रीएका विकृतिकहरुलाई छोडेर नेपाली समाजलाई पाच्य हुने संस्कृतिलाई जोगाई राख्नु सबैको दायित्व भएको उनिहरुले बताएका थिए ।
प्रकृति संरक्षण मञ्च नेपालको आयोजनामा तुलसीपुर ८ अश्वारमा भएको होलि मिन कार्यक्रमलाई सम्बोधन गर्दैैै वक्ताले होलि पर्वमा एकले अर्कोलाई देखेर डराउनु भन्दा पनि भरमान्नु पर्ने वावतावरणको सृजना गर्नु पर्ने बतएका थिए । प्रकृति संरक्षण मञ्च नेपालका अध्यक्ष ओपेन्द्र बस्नेतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष वेदबहादुर केसीको प्रमुख आथित्यमा भएको कार्यक्रममा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष तिलकबहादुर बस्नेत, अश्वारा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रिशमबहादुर भण्डारी, डिल्लीबहादुर भण्डारी, रोहित खड्का, गंगाराम बस्नेत, शान्त सेन, लगाएतले बोल्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया