दाङमा ४९ सवारी साधन प्रहरीको नियन्त्रणमा

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १८ फागुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले होलीको समयमा ट्राफिक नियमको पालना नगरी सवारी चलाएको भन्दै जिल्लाको विभिन्न स्थानबाट आज चार दर्जन बढि सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयका अनुसार मापसे गरेको, लाईसेन्स विना सवारी चलाएको,तिव्र गति, हेलमेट बिना चलाएको, र तिन जना सवार रहेका मोटरसाईकलन र स्कुटीलाई नियन्त्रण लिइएको छ ।

घोराही क्षेत्रबाट ३३ र तुलसीपुर क्षेत्रबाट १६ वटा गरी ४९ सवारी साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख ओम प्रकास वाग्लेले जानकारी दिएका छन् । आज होली पर्वको समय भएकाले जिल्लामा सवारी चेकजाँचलाई कडा बनाइएको छ । जताभावी सवारी साधन चलाउनेलाई कारवाही गरिने भएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाईकललाई बेलुका ७ वजे भन्दा पछि मात्र छोडिने प्रहरीले जनाएको छ । यस्तै मापसे गरी होहल्ला गर्ने ११ जनालाई घोराहीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया