राप्ती नदीमा डुवेर एक युवकको ज्यान गयो

तुलसीपुर,१८ फागुन ।

दाङको राप्ती नदीमा डुवेर आज एक युवकको ज्यान गएको छ । ज्यान जानेमा काठमाडौ घर भई हाल लमहीको तिर्थ कलेजमा अध्ययनरत २२ वर्षिय सुदिप लम्साल रहेको लमही प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।

आज दिउसो कलेजका साथीहरु संग राप्ती नदीमा नुहाउने क्रममा डुवेर ज्यान गएको प्रहरीको भनाई छ । मृतक लम्सालको शवलाई पोष्टमार्टमका लागी लमही अस्पताल राखीएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया