लक्ष्मण विश्वकर्मा,तुलसीपुर,१८ फागुन ।
दाङका एक दर्जन वढि स्थानमा दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरीएको छ । जिल्ला भरका विभिन्न स्थानमा सवारी दुर्घटना ग्रस्त क्षेत्रको संकेत बोर्ड समेत राखीएको छ । जिल्लामा दुर्घटना भएको तिन / चार वर्षको तथ्याङकको आधारमा अहिले सम्म सवै भन्दा वढि दुर्घटना भएको क्षेत्रलाई दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरीएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ओम प्रकास वाग्लेले जानकारी दिएका छन् ।
जिल्लामा कुन कुन स्थान लाई दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरीएको छ भन्ने भन्दा पनि जहा वढि दुर्घटना भईरहनछ त्यसैलाई आधार मानेर क्षेत्र घोषण गरेका छौ उनले भने । उनका अनुसार घोराही तुलसीपुर सडकखण्ड अन्र्तगत तुलसीपुर ७ पर्सेनीचोक, नारायणपुर स्थित झारबैराचोक,कपासी स्थित कोइलाखानीलाई दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरीएको छ ।
त्यस्तैगरी तुलसीपुर अमिलिया सडक खण्ड अन्र्तगत दुई÷तिन स्थानमा दुर्घटना ग्रस्त क्षेत्रको संकेत बोर्ड राखीएको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताएका छन् । यस्तै सल्यानरोड स्थित तुलसीपुर गोठिखोला देखी राम्री सम्म तिन वटा स्थानमा र लमही क्षेत्र अन्र्तगत मसोट खोलाको उकालोको दोस्रो घुम्ति, धानखोला मोड, वेलदमार चिसापानी, कालाकाटे अगाडी दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरीएको छ ।
तर दाङको तुलसीपुर क्षेत्रदेखी पश्चिम क्षेत्रमा भने दुर्घटना क्षेत्र घोषणा नगरिएको प्रहरीको भनाई छ । पश्चिम क्षेत्रमा सडकका कारणले दुर्घटना नभई प्राय सवारी चालकको हेलचक्रयाईका कारणले दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी वाग्लेले दावी गरेका छन् । सो क्षेत्रमा दुर्घटना हुने गरेता पनि अन्य क्षेत्र जस्तो वढि दुर्घटना नहुने गरेको प्रहरीको भनाई छ । दुर्घटना क्षेत्र घोषणा गरीएका स्थानहरुमा नयाँ तथा सवै सवारी चालकहरुलाई सचेत गराउनका लागी संकेत बोर्ड राखीएको छ ।।