सिरियामा मारिएका बालबालिकाको सम्झनामा दिप प्रज्वलन

 

मिना बुढाथोकि,फागुन १७ सल्यान ।

सिरियामा मारिएका बालबालिकाहरुको सम्झनामा सल्यानमा विभिन्न सामाजिक संगठनहरुले दिप प्रज्वलन गरेका छन् । नेपाल पत्रकार महासंघ, नागरिक समाज, इन्सेक सल्यान, दलित विकास समाज, सेभ द चिल्ड्रन, हरप्लेस लगायतले बुधबार सदरमुकाम खलंगामा दिप प्रज्वलन गरेका हुन् । उनिहरुले एक अपिल समेत प्रकाशित गरेका छन् ।

सिरियामा मारिएका १ सय २१ भन्दा बढि मारिएका बालबालिकाहरुको सम्झनामा सल्यान खलंगा स्थित पुरानो बसपार्कमा दिप प्रज्वलन गरिएको हो । सिरियामा भई रहेका अमानविय गतिविधिलाई बन्द गरी नागरिक र बालबालिका बाच्न पाउने अधिकारको ग्यारेन्टि गर्न सल्यानबासीले आग्रह गरेका छन् । दिप प्रज्वलन कार्यक्रममा बालबालिकाहरुले आफु बाच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिएको प्लेकार्ड बोकेका थिए ।

प्लेकार्डमा सिरिया माथिको दमन बन्द गर, बाच्ँन पाउने अधिकारको सुनिश्चित गर, बालबालिका माथिको कुनै पनि हिंसा सयै हुदैन, लगायतका नारा लेखिएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया