वडा कार्यालयनै गौचरण बनेपछि

 

बसन्त परियार,तुलसीपुर, १७ फागुन ।

तुलसीपुर उपमहानरपालीका वडा नम्बर १३ को वडा कार्यालय गौचरण जस्तै बनेको छ। वडा कार्यालयमा पुग्ने जोकोहिलाई पनि यस्तो लाग्न सक्छ। किनकि वडा कार्यालयको अगाडी पशुचौपाय चरीरहेका हुन्छन् र कार्यालयको अघिल्तीर गोबरै गोवर हुन्छ। फागुन ७ गते वडा कार्यालय पुग्दा त्यहा दुई गोरु र बाख्रा चरीरहेका थिए।

उक्त गोरुलाई त्यहि कार्यालय नजिकै बाध्ने ब्यवस्था समेत थियो। स्थानिय तहमा जनप्रतिनिधि आएपछि केहि न केहि फरक होला भन्ने आमसर्वसाधरणको बुझाई छ। तर वडा कार्यालय नै गौचरण जस्तै बनेपछि वडाबासिहरुमा निरासा छाएको स्थानिय बताउछन। जनप्रतिनिधि आएपछि हरेक वडा कार्यालयलका मुहार फेरिए। तर वडा नम्बर १३ को वडा कार्यालयको दुर्दशा जस्ताको तस्तै छ।

वडा कार्यालय परिसरमा गोरु बाध्ने र चराउने सवालमा जनप्रतिनिधिहरुले चासो नदिएको स्थानियको भनाई छ। वडा कार्यालयमा आउने सेवाग्राहीहरु पनि त्यो दृष्य देख्दा अचम्मित हुन्छन। “आफ्नो वडा कार्यालय राम्रो हुदा हामिलाई नै गर्व लाग्छ तर वडाको हालत यस्तो छ” नाम उल्लेख नगर्ने सर्तमा एक ब्यक्तिले भने। वडामा आउनेहरुलाई पनि अफ्ठेरो महसुस भएको उनि बताउछन। कुनै नचिनेको मान्छे वडामा आउदा वडा कार्यालय चिनाउदा समेत लज्जाबोध हुन्छ,स्थानियले भने। वडा कार्यालयको परिसरमा न पर्खाल छ नत तारजाली नै।

जनप्रतिनिधि आएपछि केहि परीबर्तन होला भन्ने वडाबासिको चाहना थियो । तर परिवर्तनको साटो कार्यालय नै गौचरण बनेको छ। यता वडाका कार्यबाहक अध्यक्ष विनोद पाण्डेले कम्पाउण्डमा तारजाली नहुदा यस्तो समस्या भएको प्रतिक्रिया दिए। यसपालिको बजेटबाट वडा कार्यालयको मर्मत सम्भार गर्न असम्भव भएको र अर्को बर्ष यो समस्या टर्ने उनले दावि गरे।

कार्यालयको अगाडि नै गोवरै गोवर भएपछि दैनिक जसो कार्यालय सहियोगि दामोदार वलीले उक्त गोवर फाल्दै अाँएका छन। कार्यबाहक अध्यक्ष पाण्डेले वडा कार्यालयमा भवणको समेत आवस्यकता रहेको बताए । सानो कोठा तै पनि जिर्ण भएको कोठामा कार्यालय सञ्चालन भएकोले काम गर्न असजिलो भएको उनलेबताए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया