तुलसीपुर,१७ फागुन ।
ब्राउन सुगर सहित तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने २४ बर्षका आकाश वली रहेको प्रहरीले बताएको छ । वलीको साथबाट ३ सय २० मिलीग्राम अबैध ब्राउन सुगर बरामद गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।
गोप्य सूचनाको आधारमा गएका प्रहरीले कपडादेवि भन्ने स्थानबाट ज्याकेटमा लुकाई राखेको अवस्थामा बरामद गरेको हो । आरोपीलाई अबैध लागुऔषध ओसारपसार तथा विक्रिीवतरण ऐन अन्र्गत मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । घटनाका सम्बन्धममा थप अनुसन्धन भइरहेको छ ।।
प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार