डिएसपीका विरुद्ध स्टाटस लेख्दा प्रहरी खोरमा

लसीपुर, १६ फागुन
श्री ५ भण्डारी सरकारको नामबाट फेसवुक चलाउने एक युवक तुलसीपुरमा पक्राउ परेका छन् । श्री ५ सरकारको नामबाट फेसवुक चलाउने तुलसीपुर उपमहानगरपालिका १ निवासी १९ बर्षका आकाश भण्डारीलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । सार्वजनिक संजाल फेसवुक मार्फत विना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने गरी गलत कुरा सम्प्रेसण गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।
प्रनाउन सापकोटाले आफना विरुद्ध पनि चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको बताएका छन् ।
‘साइबर क्राइम मुद्दा चलाउने मान्छे हो, प्रनाउन सापकोटाले भने,‘ तर भविष्य किन विगारौं भनेर सार्वजनिक मुद्दा चलाउन लागेको छु ।’ तुसीपुरमा सार्वजनिक संजाल फेसवुक मार्फत गलत कुरा प्रभाह गरेको भन्दै पक्राउ परेको यो पहिलो घटना हो । यस अघि फेक आइडी मार्फत एक महिलाको भन्दै अश्लिल फोटो पोष्ट गर्ने एक युवक पनि पक्राउ परेका थिए । उनले विगत देखिनै फेसवुक मार्फत विवादस्पद कुरा लेख्ने गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया