दाङ, फागुन १६ ।
जिल्ला प्रहरी कार्यालय दाङले यसवर्षको होली मर्यादित र सभ्य रुपमा मनाउन आग्रह गरेको छ । अयर्मादित गतिविधि गरेमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
सोमबार बिज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालयले अमार्यादित गतिविधि गर्नेलाई कडा कारबाही गरिने जनाएको छ । मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, अपरिचित ब्यक्तिलाई रंग नदल्न, होली खेल्दा कसैलाई पनि दुब्र्यबहार नगर्न, सडकमा हिड्ने ब्यक्तिहरुलाई रंग तथा पानी नछ्याप्न प्रहरीले आग्रह गरेको छ । स्वास्थ्यमा गम्भीर असर गर्ने खालका कुनै पनि केमिकल युक्त पदार्थहरुलाई रंगमा मिसाएर पनि होली नखेल्न आग्रह गरेको छ ।
इच्छा विपरीत रंग दलिदिने, प्लाष्टिकका लोला प्रयोग गरी जनस्वास्थ्य र वातावरण प्रदुषित गर्ने फोहोर पानी र रंग बाहेकका अन्य सामाग्री प्रयोग गर्ने लगायतका धार्मिक र सांस्कृतिक मान्यता विपरीतका उच्छृङखल एवम् छाडा र गैर कानुनी गतिविधि गरेको पाइएमा दोषी उपर प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले बताउनुभयो ।
साथै प्रहरीले होली मनाउदा ट्राफिक सचेतना अपनाउन समेत आग्रह गरेको छ । मोटरसाईकल चलाउँदा हेलमेट अनिबार्य लगाउन, एउटा मोटरसाईकलमा दुई जना भन्दा धेरै नबस्न जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले आग्रह गर्नुभयो । साथै प्रहरीले नियम विपरित कुनै पनि उच्छृङखल गतिविधिहरु नगर्न र नगराउन आग्रह गरेको छ ।