सम्वन्ध विच्छेदका लागि दाङमा ४ सय बढी मुद्धा

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १६ फागुन ।
चालु आर्थिक वर्षको साढे सात महिनाको अवधिमा सम्वन्ध विच्छेदका लागि दाङमा झन्डै चार सय बढि मुद्धा दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतले जनाएको छ । कार्यालयमा गत आर्थिक वर्ष २०७३÷०७४ मा ५ सय २७ वटा मुद्धा दर्ता भएकोमा चालु बर्षको फागुन १५ गते सम्मको तथ्याङक अनुसार ४ सय ७ वटा मुद्धा दर्ता भएको कार्यालयका श्रेष्तेदार गम्भिर रानाले जानकारी दिएका छन् ।

कार्यालयका अनुसार दाङमा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको छ । उनका अनुसार गत बर्ष भन्दा यस वर्ष धेरै मुद्धा दर्ता हुने आँकलन गरीएको छ । साउनदेखी फागुन १५ गते सम्मको कार्यालयको तथ्याङक हेर्दा सवैभन्दा वढि कात्तिक महिनामा सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । कार्यालयका श्रेष्तेदार रानाका अनुसार साउनमा ४०, भदौमा ३५ , असोजमा ३०,कात्तिकमा ५१, मंसीरमा ३७,पुसमा ३९ ,माघमा ४६ र फागुन १५ गते सम्म २० वटा मुद्धा दर्ता भएका छन् ।

जस मध्ये हाल सम्म दुई सय ३४ वटा मुद्धा फच्यौट भईसकेका छन् भने १ सय ७३ वटा मुद्धा फच्र्यौट प्रक्रियामा रहेका छन् । यस्तै गत आर्थिक वर्षका मुद्धा मध्ये दुई सय ३९ वटा फच्यौट भईसकेका छन् भने एक सय ९ वटा मुद्धा फच्यौट प्रक्रियामा रहेको कार्यालयले बताएको छ । सम्वन्ध विच्छेद गर्नुको मुख्य कारण बैदेशिक रोजगार रहेको कार्यालयले जनाएको छ । यस्तै झै झगडा , श्रीमान ,श्रीमतीले अन्यत्र सम्बन्ध गास्नु, कुटपिट गर्नु आदी ईत्यादी रहेको बताइएको छ ।।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया