दु:ख निवारण यज्ञमा भक्तजनको घुईचो

शरद रेग्मी, तुलसीपुर १५ फागुन ।
दाङको तुलसीपुरमा सञ्चालन भएको दुःख निवारण महालक्ष्मी यज्ञ धार्मीक उत्सवमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । धार्मीक महोत्सवमा दैनिक विभिन्न धार्मीक कार्यहरु हुने गरेका छन् । यही फागुन १० गते देखि तुलसीपुर स्थीत अरनिको मैदानमा सुरु भएको धार्मीक उत्सवमा दुःख निवारण महालक्ष्मी यन्त्रको कर्ता, पितृमुक्ति पूजाको कर्ता, श्री वृद्धि यन्त्रको कर्ता, १००८ शालिग्राम पूजा परिक्रमा, हुनुका साथै दैनिक ब्रतवन्ध, विवाह, तुलादान ग्रहशान्ति चौरासी पूजा लक्ष्य वत्ती , गौदान , व्राहमण भोजन, जोतिष परामर्श हुने गरेका यज्ञका संकल्प कर्ता गोविन्द शरण महराजले जानकारी दिएका छन् ।

१७ गते सम्म तुलसीपुरमा सञ्चालन हुने दुःख निवारण महालक्ष्मी यज्ञ धार्मीक उत्सवबाट संकलन भएको केही रकमले तुलसीपुर, ५ को श्री जनश्रमिक प्राविमा शौचालय निर्माण सुरु गरीएको छ । विद्यालयमा निर्माण हुन लागेको बाल मैत्री, अपाङ्ग मैत्री सुविधा सम्पन्न शौचालय निर्माणको काम पनि अन्तीम चरणमा पुगेको र १७ गते सम्म निर्माण सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

साथै उक्त पुनित कार्यक्रममा पुगी एक पटक दर्शन तथा धार्मीक कार्यहरुमा सहभागी हुन आयोजकले सवैलाई अनुरोध समेत गरेको छ । उक्त अवसरमा दैनिक बिहान योग प्रशिक्षण हुनुका साथै दिउसो आचार्य बालकृष्ण अर्यालले कथा श्रवण गराउने गरेको आयोजकले जनाएका छन । यज्ञमा आज दिउसोको प्रमुख अतिथीमा रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ का संयोजक शरद रेग्मी र राप्ति समाचार राष्ट्रिय दैनिकका अध्यक्ष संगित वस्याल बिशिष्ट अतिथि रहनु भएको आयोजकले बताएका छन ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया