परिपत्रलाई वेवास्ता गर्दै नदिजन्य वस्तुको उत्खनन्

ओपेन्द्र बस्नेत , तुलसीपुर १५ फागुन ।
जिल्ला समन्वय समिति दाङको परिपत्रलाई वेवास्ता गर्दै मामा भान्जा निर्माण सेवाले अवैध रुपमा नदिजन्य वस्तुको उत्खनन गरिरहेको पाइएको छ । फागुन १४ गतेको मितिमा मामा भान्जा निर्माण सेवाको नाममा रहेको रसिद नं. ४९१५ मा २ सय ९३ रुपैया काटेको देखिए पछि नदिजन्य वस्तुको उत्खनन गरेको पाइएको हो ।

माघ २७ गतेको अनुगमणका क्रममा तोकीएको सिमा क्षेत्रभित्र उल्लेखित परिमाणमा उत्खनन् गरीसकीएको पाइए पछि जिल्ला समन्वय समितिले उत्खनन बन्द गर्न निर्माण व्यवसायीलाइ माघ २९ गते पत्र काटेको थियो । जिल्ला समन्वय समितीको पत्रमा भनिएको छ, ‘माघ २७ गते खोलाको अनुगमन गर्दा तोकीएको परिमाणमा नदिजन्य बस्तुको उत्खनन् तथा संकलन गरिसकिएको पाइएकाले ठेक्का सम्झौता शर्त १४ बमोजिम हुने भएकाले सम्झौताको शर्त तथा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन बमोजिम उक्त स्थलको व्यवस्थापन गर्न र उत्खनन् कार्य बन्द गरी हालसम्म उठाइएको नदिजन्य पदार्थको प्रतिवेदन सहित यो पत्र प्राप्त भएको तीन दिन भीत्र अनिवार्य रुपमा पेश हुन जानकारी गराइन्छ ।’

तर आधा महिना पुग्नै लाग्दा समेत व्यवसायीको तर्फबाट हिसाव बुझाउन जिल्ला समन्वय समिति दाङमा कोहि पनि नगए पछि सोही व्यहोराको पत्र पुनः आइतबार (१३, फागुनमा) काटिएको छ । यता जिल्ला समन्वय समिति दाङका निमित्त स्थानीय विकास अधिकारी सहदेवबहादुर भण्डारीले परिपत्रलाई अटेर गरि काम गरेको पाईमा कार्बाही गर्ने बतएका छन् ।

‘निर्माण व्यवसायीले फोन गरेर हिसाव बुझाउन भोली आउँछौ भनेका छन्, निमित्त स्थानीय विकास अधिकारी भण्डारीले भने,‘ परिपत्रको वेवास्ता गरि उत्खनन गरेर राजश्व असुली गरेको पाईमा कार्वाही गर्छौ ।’ निर्माण सेवाका प्रोपाईटर प्रकाश केसीले आफुलाई फसाउन कसैले गलत काम गरेको हुन सक्ने बताएका छन् ।

उत्खनन आइतबारबाट रोकिएको भन्दै केसीले ग्वारखोलामा सोमबार पनि अवैध रुपमा उत्खन गरेको देखेपछि उल्टै जिल्लामा फोन गरेर जानकारी गराएको बताए । ‘काम हिजोबाट रोकिएको छ, केसीले भने, ‘आफनो फर्मलाई खारेज गराउन सडयन्त्रमूलक ढंगले कसैले मिलेर योजना बनाएको हुन सकछ ।’

 

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया