राप्ति समितिको अधिवेशनको तयारी तिव्र

शरद रेग्मी ,तुलसीपुर १४ फागुन ।
राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको आसन्न अधिवेशनको तयारी वैठक आज सम्पन्न भएको छ । यहि फागुन २५ र २६ गते तुलसीपुरमा हुने अधिवेशनको तयारीका लागी वसेको वैठकले बिभिन्न निर्णयहरु गरेको छ । वैठकले अधिवेशनलाई भव्य एव सभ्य रुपमा सम्पन्न गर्नका लागि जिम्मेवारि बाडफाड समेत गरेको छ । जसका लागी उपाध्यक्ष पुष्कर धितालको संयोजकत्वमा मुल समिति गठन गरिएको हो ।

त्यसैगरि आजको वैठकले नेपाल पत्रकार महांसघ दाङ शाखामा अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ । जसका लागि ७५ हजार ५ सय ५५ रुपैया महासंघलाई प्रदान गर्ने भएको हो । उक्त रकमबाट दुर्घटनामा पर्ने पत्रकारहरुलाई राहत तथा दुर्घटना न्युनिकरणका लागी अभियान संचालन गरिने समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारि दिनुभयो ।

त्यस्तै वैठकले आगामि अधिवेशनलाई सर्व सम्वत बनाउनका लागी समेत पहल थाल्ने निर्णय पनी गरेको छ । त्यसैगरि वैठकले अधिवेशन तथा साधारण सभाको उदघााटनका लागी केन्द्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यलाई आमण्त्रण गर्ने निर्णय गरेको छ ।

वैठकमा बोल्दै समितिका अध्यक्ष हमालले नयाँ नेत्रृत्व सर्व सम्वत बनाउने बताए। उनले निर्वाचनले आपसी मनमुटाव पैदा हुने र त्यसले समितिले गरि रहेका कार्यहरुमा समेत समस्या उत्पन्न हुन भन्दै सर्वसम्वत बनाउनका लागी सल्लाहकारहरुले पहल गर्नुपर्ने बताए ।

वैठकमा बोल्ने पदाधिकारी तथा सल्लाहकारहरुले समितिबाट आगामि दिनमा अझै स्तरिय सेवा दिनका लागी लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले राप्ति अंचलकै सवै भन्दा पुरानो समतिले हाल नेपाल लगाएत भारतका बिभिन्न स्थानमा यातायात सेवा प्रदान गरिरहेको हुदा अझै नयाँ रुटको खोजि गरि गाडि संचालन गर्नु पर्ने सुझाव दिएका थिए ।

वैठकमा सल्लाहकारहरु देविवहादुर डिसी , बिष्णु पाण्डे,वरिष्ठ उपाध्यक्ष भरतनाथ योगि, उपाध्यक्ष पुस्कर धिताल ,कल्याणकारि सचिव भरतराज श्रेष्ठ, कोषाध्यक्ष प्रविण कुमार पुन लगाएतकाले आफना भनाई राखेका थिए । वैठकको सहजिकरण प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया