सन्तोष केसी
तुलसीपुर, १४ फागुन,/ पश्चिम दाङका विभिन्न अस्थायी चौकी, प्रहरी कार्यालयका अधिकृत तथा प्रहरी कर्मचारीहरु विच सुरक्षित आप्रवासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङ अन्र्तगत बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन ( सामी) परियोजनाले तुलसीपुरमा अतरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रम स्वीकृत नलिएका वैदेशिक रोजगार व्यवसायहरुबाट विदेश जादा तथा सहि सूचना सीप / तालिम लिएर विदेशमा नजादा हजारौ नेपाली युवाहरु ठगीनु परेको बताएका थिए । सूचना तथा परामर्श केन्द्रका संयोजक किरण पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्र नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नेपालीले स्वदेशमा रोजगारीको श्रृजना नहुदा दैनिक सयौ युवाहरु विदेशिनु परेको भन्दै अव स्वदेशमै रोजरारी श्रृजना हुने बताउनुभयो । नेपालीले अव राजनितिक संक्रमणको अत्य भएको भन्दै आर्थिक संमृद्धि तिर देश जाने बताउनुभयो । कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका संयोजक पोख्रेलले सहि सूचना र सिप नसीकेर विदेश गएका युवाहरु हाल विभिन्न बहानामा ठगीनु परेको भन्दै सूचना केन्द्रमा सयौ युवाहरु गुनासो लियर आउने गरेको बताउनुभयो । अन्तरपक्रिया कार्यक्रममा किरण पोख्रेलले बैदेकि रोजगारलाई सुरक्षितm मर्यादित भरपर्दो र व्यवस्थीत बनाउन प्रहरीको भुमिका विषयमा जानकारी गराउनुभएको थियो भने जिल्ला परियोजना संयोजक पंचराम चौधरीले वैदेशिक रोजगारको ऐतिहासिक पुष्ठ भुमि र बर्तमान अवस्थाको वारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा पश्चिम दाङका विभिन्न अस्थायी चौकी, प्रहरी कार्यालयका अधिकृत तथा प्रहरी कर्मचारीको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा ४० बढी सुरक्षाकर्मीहरुको सहभागी रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला परियोजना संयोजक पंचराम चौधरीले गरेका थिए ।