६ सय बढि सुत्केरी महिलाले प्रोत्साहन भत्ता पाए

लक्ष्मण विश्वर्मा,तुलसीपुर,१४ फागुन ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ६ सय वढि सुत्केरी महिलाहरुले सुत्केरी प्रोत्साहन स्वरुप भत्ता पाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखा कार्यालयको तथ्याङ अनुसार चालु आर्थिक वर्षको माघ मसान्त सम्म ६ सय ४३ जना महिलाले सुत्केरी प्रोत्साहन भत्ता पाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेदेखी नगर क्षेत्रका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिने अवधारणा ल्याएको थियो । सोहि निति अनुसार माघ मसान्त सम्म वडा नम्वर १ मा ३३ जना महिलाले सुत्केरी भत्ता लिएका छन् ।

जस अन्र्तगत वडा नं. २ मा १३ , ३ मा ४७ , ४ मा ७१ , ५ मा ३४ , ६ मा ३४ , ७ मा ८०, ८ मा ४१ , ९ मा ४१ , १० मा १२ , ११ मा ४८ , १३ मा २६ , १४ मा ५२ , १५ मा ३१ , १६ मा १० , १७ मा ८ , १८ मा २९ र १९ मा १५ जना महिलाले सुत्केरी भत्ता लिएका छन् । भत्ता पाएपछि सुत्केरी महिलाहरुले खुसी ब्यक्त गरेका छन ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया