असहाय बालबालिकाहरु लाई सहयोग

 

दाङ, फागुन १३ ।
ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङले असहाय बाल बिकास नेपाल बिजौरीमा पुगेर १३ जना बालबालिकाहरुलाई स्कुल ब्याग, पेन्सिल, कपी र खेलकुद सामाग्रीहरु बितरण गरेको छ । विद्यार्थी, शिक्षकहरु र रोटरी क्लब अफ तुलसीपुर सिटीको आर्थिक सहयोगमा सहयोग गरीएको अध्यक्ष पवन घिमिरेले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठले विद्यार्थीहरुले असहाय बालबालिकाहरु सेवामुलक कार्य गर्नु समाजको लागि एउटा उदाहरणिय कार्य भएको बताए ।

ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका सहसचिब ऋषीकेश उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव अपराजिता पार्धेले गरेकि थिईन । कार्यक्रममा गोरखा स्कुलका संयोजक लोकमान रिजाल,खेलकुद संयोजक मोहन स्वर्णकार, शिक्षक कमल भण्डारी, रोटरियन रसिल थापा र असहाय बाल बिकास नेपालकी संस्थापक सिमा वलीले लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया