नेपाली कांग्रेसले छायाँ सरकार बनाउने

काठमाण्डौं,१२ फागुन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने तयारी गरेको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकमा छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको छ । छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आआफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको निगरानी गर्नेछन् । प्रदेश स्तरमा पनि छायाँ सरकार बनाइने उनले बताए ।

अर्का सांसद बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बर्द्धनका लागि कांग्रेसले दुबै सदनमा सशक्त भूमिका निर्वाह गर्ने बताए । यस्तै नेपाली कांग्रेसले आफ्नो सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गर्ने भएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया