घरघरमा धरा पुरयाउन ट्याङकी निर्माणको तयारी

तुलसीपुर, १२ फागुन
अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले प्रत्यक उपभोक्ताको घरमा पानी धारा पु¥याउने भएको छ । समितिको शनिबार बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा स्थित जागरण, श्रवण र मायालु टोलमा रहेका करिब डेढ सय घर परिवारको घरमा धारा पु¥याउने गरि कामको सुरुवात गरेको छ । अवको एक महिना भित्र जग्गा खरिद गर्ने र आर.सी.सी ट्याङकीको निर्माणका लागि निर्माण समिति समेत गठन गरिको छ । आर.सीसी टयाङकी ५० हजार लिटरको हुने छ ।

समितिका अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले भुवन केसीको संयोजत्वमा ७ सदस्य निर्माण समिति गठन गरिएको छ । त्यसैगरी समितिको रिक्त रहेको सचिव पदमा महेन्द्र भण्डारीलाई चयन गरिएको कार्यालय सचिव गंगाराम बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया