शान्ति सुरक्षामा गम्भिर छु – डिएसपी सापकोटा

 

तुलसीपुर, १२ फागुन
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले तुलसीपुर क्षेत्रको शान्ती सुरक्षाको बारेमा आफु गम्भिर रहेको बताउनु भएको छ । उहाँले आफु तुलसीपुर आएकै दिनदेखी यो क्षेत्रमा भरपर्दो र जनताले विश्वास गर्ने खालको शान्ती सुरक्षाका लागि दिन रात खटिरहेको दाबी समेत गर्नुभयो । रोटरी ईन्टर्नेशनलको स्थापना दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा अतिथी वक्ताको रुपमा सहभागी हुनु भएका डिएसपी सापकोटाले यस क्षेत्रको शान्ति सुरक्षा मजवुत पार्न नागरिकहरुको पनि महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
सापकोटालाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले सम्मान एवम् स्वागत गर्नु भएको थियो भने पूर्व अध्यक्ष कुशल तर्तालले क्लबले स्थापना कालदेखी अहिलेसम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष बिजय केसीले अतिथी वक्ता सापकोटाको परिचय गराउनु भएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रमुख अतिथी सापकोटालाई मायाको चिनो प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना पनि दिनु भएको थियो ।
निवर्तमान अध्यक्ष बिरु रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रस्तावित अध्यक्ष देव बहादुर केसी, उपाध्यक्ष सुरेश हमाल लगाएतले मन्तब्य व्यक्त गर्नुभएको थियो । रोटरियन दुर्गा बहादुर केसीले सहजिकरण गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुर र ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका विध्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया