रेडियो प्रकृतिले निकाल्यो विज्ञप्ती, रेडियोको नाम जोडेको प्रति गम्भीर ध्यानाकर्षण

तुलसीपुर,११ फागुन ।
मामा भाञ्जा निर्माण सेवा तुलसीपुरले रेडियोको नाम जोडेर गरेको वक्तव्य वाजी प्रति रेडियो प्रकृति एफएमले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रेडियो प्रकृतिले आज एक विज्ञप्ती जारी गरी प्राकृतिक स्रोतको दोहनका, विरुद्धको मुद्दामा रेडियो स्पष्ट रहेको बताएको छ । रेडियो प्रकृति एफएमका स्टेशसन म्यानेजर ओपेन्द्र बस्नेतले एक विज्ञेप्ती जारी गर्दै कानुन विपरित गरिने प्राकृतिक दोहनका विरुद्ध रेडियोले निरन्तर रुपमा खबरदारी गर्दै आइरहेको र आगामी दिनमा पनि यो कार्यलाई जारी राख्ने बताउनुभएको छ ।

रेडियोको नाम जोडिएर आर्थिक लेनदेनको अपूष्ट कुरा आएको प्रति गम्भिर ध्यानकर्षण भएको भन्दै तथ्यमा आधारित प्रमाण देखाउन विज्ञप्तीमा भनिएको छ । वरपरको मानव वस्ती र खेतियोग्य जमिन जोखीममा पर्ने गरि मामा भाञ्जा निर्माण सेवाले सरकारले तोकेको मापदण्ड विपरित गरेको नदिजन्य दोहनका विरुद्ध रेडियो प्रकृतिले जनता सामु ल्याएको सत्य–तथ्य सूचना प्रति रेडियो प्रकृति दृढ र विश्वस्थ रहेको स्पष्ट पारिएको छ ।

यसैविच रेडियोमा कार्यरत पत्रकार गणेस आचार्य माथि लागेको आरोपका विषयमा रेडियो प्रकृतिले अध्यन अनुसन्धान सुरु गरेको जनाएको छ । ‘गल्ती ढाकछोप गर्दैनौ, वास्तवीक छानविन गरि सत्य तथ्य बाहिर ल्याउन पत्रकार महासंघलाई आग्रह गर्दछौ’ म्यानेजर बस्नेत द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पत्रकारिताको मर्यादा विपरित गरिने कनै पनि कार्य एउटा प्रतिष्ठीत संचार गृहलाई स्वीकार्य नुहने भन्दै आर्थिक दिनुको कारण सहतिको प्रमाण उपलब्ध गराएर छानविन प्रकृयामा सहयोग गर्न निर्माण सेवालाई आग्रह गरिएको छ । रेडियो प्रकृतिबाट अबैध रुपमा नदिजन्य वस्तुको उत्खनन् भइरहेको यो रिर्पोट गत फागुन ६ गते प्रासरण भएपछि त्यसको भोलीपल्ट नै उत्खनन कार्य रोकिएको थियो । रीर्पोटपछि उनलाई उनिमाथि यस्तो आरोप लागेको थियो ।

यसैविच रेडियो प्रकृतिबाट बजेका सबै खाले समाचार र रिर्पोटको सम्पूर्ण जिम्मेवारी रेडियो प्रकृतिले लिने बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया