सल्यान–काठमाण्डौँ सिधा बस सेवा शुरु

मिना बुढाथोकी,सल्यान ११ फागुन ।
शारदा यातायात सेवा प्रालिले शुक्रबार देखि सल्यान–काठमाण्डौँ सिधा बस सेवा शुरु गरेको छ । यात्रुहरुलाइ गुणस्तरिय सेवा दिने उद्देश्यका साथमा आजबाट सल्यानबाट काठमाण्डौ र काठमाण्डौँदेखि सल्यानका लागी सेवा प्रदान गर्न दुइ वटा नयाँ गाडी थप गरिएको प्रालिका अध्यक्ष शंकरदेव खड्काले बताए ।

सल्यानबाट पनि अपह्रान्न ४ बजे र काठमाण्डौबाट पनि ४ बजे नै गाडी छुट्ने उनले बताए । यात्रुहरुको माग र चाहना बमोजिम सुविधाजनक डिलक्स गाडी सञ्चालन गर्न लागीएको उनले बताए । यात्रुहरुलाइ यात्रा गर्दा पीउने पानी र खाजाको व्यवस्था गरिएको प्रालिका सचिव गोविन्द ओलिले बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया