मोटरसाईकल चोर प्रहरीको नियन्त्रणमा, तिनै जना लाई मुद्धा दर्ता

तुलसीपुर,११ फागुन ।

मोटरसाईकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालीका वडा नम्बर ४ बस्ने बर्ष १७ का शुरेस परियार, सुनिल परियार र सागर परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । फागुन ८ गते राती मानपुर निवासि अम्मर बहादुर खड्काको घरको बराण्डमा पार्किङ गरि राखेको रा २ प २००६ नम्बरको मोटरसाईकल हराएको भनि प्रहरीमा उजुरी अाँएको थियो ।

उजुरीको आधारमा कार्यालयबाट खटी गएको प्रहरी टोलीले तुलसीपुर उप महानगर पालीका वडा नम्बर १९ बासगढी भन्ने स्थानबाट बिजौरी आउदै गर्दा उक्त मोटरसाईकल सहति तिन जनालाई पक्राउ गरेको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । उनिहरु तिनै जनालाई मुद्दा दर्ता गरिएको सापकोटाले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया