दुख निवारण महालक्ष्मी यज्ञ सुरु

तुलसीपुर,१० फागुन ।
तुलसीपुरमा आज देखी घर व्यवसायीको धन लक्ष्मीको बृद्धिका लागी दुख निवारण महालक्ष्मी यज्ञ सुरु भएको छ । महायज्ञको आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ । यज्ञको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् । यज्ञको उद्घाटन गदै प्रमुख अतिथि पाण्डेले सत्य कुरा बोल्नु र सकारात्मक सोच्नु नै सबै धर्मको मुल मर्म रहेका बताएका छन । उनले सबैको हित चाहने र सकारात्मक सोच्नु न पवित्र कुरा रहेका बताएका थिए ।

कार्यक्रममा महायज्ञका संकल्पकर्ता गोविन्दशरण महाराजले प्रत्येक घर व्यवसायमा धन लक्ष्मीको वास होस भनि महायज्ञको आयोजना गरीएको बताएका छन् । साथै उनले महायज्ञबाट बचत भएको केहि रकमले तुलसीपुर ५ गैरापातुमा रहेको जनश्रम प्राथमिक विद्यालयमा अपाङगमैत्री र बालमैत्री सुविधा सम्पन्न शौचालय निर्माणमा खर्चिने बताएका छन् ।

यस्ता महायज्ञ जिल्लाको ६५ स्थानमा आयोजना गरीसकेको पनि उनले बताएका छन् । महाराजको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनश्रम प्राथमिक विद्यालयका संस्थापक बालाराम गौतम, शिक्षिका भवानी न्यौपाने,कार्यक्रमका निर्देशक रामचन्द्र देवकोटा,जेष्ठ नागरिकका तर्फबाट ललित वली लगाएतले बोलेका थिए ।

जनश्रम प्राथमिक विद्यालयका शिक्षिका लालमती भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक सुसीला भट्टराई र कोष खड्काले गरेका थिए ।महायज्ञ फागुन १७ गते सम्म सन्चालन हुने आयोजकले बताएको छ । महायज्ञमा हरेक दिनमा दान देखी सम्पुर्ण धार्मिक कार्य हुनेछ भने बेलुका ७ वजेदेखी भजनकिर्तन हुनेछ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया