सबैको साथ पाए प्रदेश ६ समृद्ध: मन्त्री ज्वाला

मिना बुढाथोकी , फागुन १०,सल्यान ।
६ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पत्रकार संग हातेमालो गर्दै काम गर्ने बताएका छन । प्रदेशको विकासका लागी कस्तो भिजन ल्याउने त्यस्का लागी पत्रकारहरुको सल्लाह सुझावको आवश्यकता रहेको उनले बताए । पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले एउटा व्यक्तीले मात्र केही पनि गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग भए हर असम्भव काम पनि सजिलै सम्पन्न गर्न सकिने बताए।

उनले भने–‘सम्भावनाको खोजी गर्ने, अध्ययन गर्ने अनि त्यसको समाधान का विषयमा पत्रकारलाई सबै कुराको ज्ञान हुन्छ, त्यसैले मैलै सबै पत्रकारको सल्लाह लिन जरुरी ठानेको छु ।’ आर्थिक अपारदर्शिता,अनियमितता,भ्रष्टाचारको विरुद्दमा पत्रकारले कलम चलाएर खबरदारी गर्नु हुन्छ आवाज बिहिन जनताले बोेलेका कुरा उजागर गर्ने गरेकोहुन्छ उनले भने –‘अहिले मेरो जिम्मेवारी पनि त्यही हुने छ ।’

पत्रकार लाई इंगितगर्दै उनले भने –‘तपाईले मुद्दा उठाउनुहोस म त्यस्को कार्यान्वयन गर्छु । तपाईले उजागर गर्नुस उत्खनन गर्नूहोस म उपचार गर्छु ।’ उनले अब छिट्टै प्रदेशको पहिलो बजेट ल्याउन लागेको भन्दै प्रदेश निर्माणको प्रारुप यस बजेटलेनै निर्माण गर्ने बताए । उनले भने –‘हामी छिट्टैनै पहिलो बजेट ल्याउदै छौं त्यो पहिलो बजेटलेनै सकारात्मक सन्देश दिने छ ।’

यस्तै जिल्लाको भविश्यको खाका तैयार गर्नका लागी सांसदको सल्लाह ,विज्ञ हरुको र पत्रकारको सहयोग र हातेमालो संगै त्यस्को तैयारीमा जुटी सकेको बताए । मन्त्री ज्वालाले देशले नयाँ सम्विधान,नयाँ संरचना, नयाँ प्रदेश सरकार पाएको बेला जनतालाई पनि केही नयाँ अनुभुति दिलाउनका लागी आफु लागी पर्ने प्रतिबद्दता जनाए ।

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया