शारदा यातायातले पानी र खाजाको सुविधा दिदै

शंकर के सी, सल्यान, १० फागुन ।

शारदा यातायात सेवा प्रालिले शुक्रबार देखि सल्यान–काठमाण्डौँ सिधा बस सेवा शुरु गर्ने भएको छ । यात्रुहरुलाइ गुणस्तरिय सेवा दिने उद्देश्यका साथमा ११ गते शुक्रबार देखि सल्यानबाट काठमाण्डौ र काठमाण्डौँदेखि सल्यानका लागी सेवा प्रदान गर्न दुइ वटा नयाँ गाडी थप गरिएको प्रालिका अध्यक्ष शंकरदेव खड्काले बताए ।

सल्यानबाट पनि अपह्रान्न ४ बजे र काठमाण्डौबाट पनि ४ बजे नै गाडी छुट्ने उनको भनाइ रहेको छ । यात्रुहरुको माग र चाहना बमोजिम सुविधाजनक डिलक्स गाडी सञ्चालन गर्न लागीएको उनले बताए । यात्रुहरुलाइ यात्रा गर्दा पीउने पानी र खाजाको व्यवस्था गरिएको प्रालिका सचिव गोविन्द ओलिले बताएका छन् ।

यसैविच शारदा यातायात प्रालिको काठमाण्डौँ नयाँ वसपार्कमा बुधबार बुकिङ काउण्टर उद्घाटन गरिएको छ । प्रालिले सल्यान देखि दाङ र नेपालगञ्ज सम्म पनि सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया