मन्त्री भएपछि गृह जिल्ला पुगेका ज्वालाले के भने ?

मिना बुढाथोकी , सल्यान १० फागुन ।
प्रदेश ६ का आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ६ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउने बताएका छन् । प्राकृतिक, धार्मिक र साँस्कृतिक रुपमा यस प्रदेश भरिपूर्ण भएको बताउदैँ उनले प्रदेश ६ लाई समृद्ध प्रदेश बनाउने बताएका हुन् । मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला सल्यान आएका उनले बुधबार नेकपा एमाले सल्यानको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा यस्तो बताए ।

हरेक हिसाबले हेर्दा यो प्रदेश भरिपूर्ण छ, यहाँ सयौँ ताल तलैया छन्, नदि नाला छन्, मठ मन्दिर छन्, बिश्व प्रसिद्ध जडिबुडी छन्, अब यसको सहि तरिकाले प्रयोग गरेमा यो प्रदेश समृद्ध र नमुना प्रदेश बन्छ उनले भने । उनले हरेक बिकास निर्माणका कामहरु तथा योजना छनोटका समयमा आउने समस्या समाधानका लागी आफु प्रतिबद्ध भएर लाग्ने उनले बताए । यहाँ धेरै समस्या छन्, यस्ता समस्या समाधानको लागी र बिकास निर्माण तथा योजना छनोटमा समस्या आएमा समाधानको लागी प्रतिबद्ध रहने छु उनले भने ।

उनले सल्यान र प्रदेश ६ को बिकास निर्माण र समृद्ध प्रदेश बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । अब बिकास निर्माणका कामले तिब्रता पाउने छन्, उनले भने म सल्यान र ६ नम्बर प्रदेशमा नयाँ काम गरेर देखाउने योजनाका साथ अगाडी बढेको छ, कही कतै त्रुटी भएमा वा समस्या भएमा मलाई भन्नुहोस । जिल्लाको सल्लीबजार, बाबियाचौर, बालुवासंग्रही, उद्योग बाणिज्य संघ, एमाले शारदा नगरपालिका १ ले पनि मन्त्रीलाई स्वागत गरेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया