प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुनको मृत्यु

रुपन्देही,९ फागुन ।
गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगकोमुडभेडमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।

‘केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह – ४ भवानीपुरमा हामीले सर्च अपरेशन चलाएका थियौं’ रुपन्देहीका एसपी ज्ञवालीले भने, ‘मोटरसाईकलमा सवार दुई जनासँग मुडभेट भएको छ, अञ्चल अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।’ एसपी ज्ञवालीले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।

पछिल्लो समय निर्माण ब्यवसायी शरद गौचन र रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचीमा थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया