दाङमा बन्दको प्रभाव

तुलसीपुर,८ फागुन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज एकदिन नेपाल बन्दको आव्हान गरेको छ । फागुण ६ गते विराटनगर बाट आफ्ना कार्यकर्तालाई विनाकारण प्रहरीले पक्राउ गरेको भन्दै बन्द आव्हान गरिएको विज्ञप्ती मार्फत जनाइएको छ । बन्दमा शैक्षिक संस्था,कलकारखाना ,यातायात ठप्प हुने नेकपा दाङका सेक्रेटरी विक्रमले जानकारी दिएका छन ।

यसैविच बन्दको प्रभाव दाङमा आज विहानैदेखि परेको छ । जिल्लाको तुलसीपुर,घोराही,लमही,नारायणपुर लगायतका बजार पुर्णरुपमा बन्द छन । यस्तै यातायात,शैक्षिक संस्थापनि ठप्प रहेका छन ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया