पिताको सम्झनामा मेयरद्धारा एक लाखको अक्षयकोष

तुलसीपुर, ६ फागुन
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अश्वारा माध्यामिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताउनुभएको छ । पिता टेकवहादुर पाण्डेको १३ औ दिनको पुण्यतिथिका अवसरमा नेकपा एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको श्रद्धाञ्जली सभामा मेयर पाण्डेले पिताको सम्झनामा उक्त रकम बराबरको अक्षय कोष स्थापना गर्ने बताउनुभएको हो ।
अक्षयकोषबाट बार्षिक रुपमा प्राप्त हुने व्याजले पढाईमा उत्कृष्ट र जेहन्दरा विद्यार्थीलाई प्रोत्साहन स्वरुप प्रदान गरिनेछ । पाण्डे निवास तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ८ अश्वारामा आयोजीत श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले स्वर्गीय पाण्डेको जीवनी र कम्युनिष्ट आन्दोलनमा खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए । एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एवम् कार्यक्रममा प्रमुख अतिथि शोभाराम वस्नेतले समाज, राष्ट्र र राष्ट्रियतका लागि काम गर्ने मान्छे मेरेर पनि सधै जिवीत रहने बताउनुभयो ।
उनले स्वर्गीय पाण्डेले इमान्दारिता जोगाएर कठिन परिस्थितिमा पनि विचलित नभएको समेत उल्लेख गरेका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य तुलसीपुर उपमहानगरपालिका ६का वडाअध्यक्ष नवराज लामिछाने, एमाले नेता राममणी नेपाली, जोगवहादुर राना, जिल्ला उपाध्यक्ष हुकुम वस्नेत,माओवादी केन्द्रका रामवहादुर दहित लगायतले संस्कार र संकृतिलाई परिमार्जन गरि समायानुकुल वनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । जिल्ला कमिटीका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको श्रद्धान्जली कार्यक्रमको सहजिकरण एमाले दाङ्गका उपसचिव सुरामणी वेलवासेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया