तुलसीपुरमा भेटिएको शवको अझै पहिचान भएन

तुलसीपुर,६ फागुण ।

तुलसीपुरमा मृत अवस्थामा भेटिएका एक पुरुषको सनाखत अझै भएको छैन । तुलसीपुर ८ दोघरे सडक खण्डमा अन्दाजी १९/२० वर्षिय पुरुषको शव हिजो फेला परेको थियो । नामथर वतन खुल्न नआएको पुरुष मृत अवस्थामा फेला परेको भन्ने सुचना पाएपछि प्रहरी त्यहा पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले बताए ।

उनका अनुसार शरिरमा हरियो रंगको जिन्स पाईन्ट लगाएको माथिल्लो शरिरमा खरानी कलरको भेष्ट लगाएको खुट्टामा बाटा कम्पनी सादा चप्पल लगाएको, कालो झोला बोकेको झोलामा खाकि रंगको पाईन्ट, तौलिया जस्तै देखीने रुमाल सेतो धर्का भएको सर्ट राखेको पाईएको छ । उक्त शवलाई प्रहरीले मुचुल्का गरेर पोष्टमार्टमका लागी राप्ती अञ्चल अस्पतालको शब गृहमा राखिएको जनाएकाो छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया