प्रजातन्त्र दिवसको अवसरमा दाङमा के-के हुदैछ ?

दाङ, फागुन ६ । यही फागुन ७ गते मनाइने ६८ औं प्रजातन्त्र दिवस मनाउन दाङमा मूल समारोह समिति गठन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन भएको हो ।

समन्वय समितिको सभाकक्षमा शनिबार बसेको बैठकले यसवर्षको प्रजातन्त्र दिवसलाई तीनदिन मनाउने निर्णय भएको छ । दिवसका अवसरमा आइतबार बिहान घोराही उपमहानगरपालिकाको संयोजनमा तुलसीपुरचोकदेखि सहिद स्मृति पार्कसम्म सरसफाई गरिने भएको छ ।

त्यसैगरी सोमबार ७ गते विहान सहिदगेटबाट प्रभातफेरि र घोराही उपमहानगरपालिकाको काय कक्षमा प्रजातन्त्र दिवसको सान्दर्भिकताका विषयमा छलफल गर्ने र सोही दिन बेलुका सहिद गेटमा दिपावली गर्ने निर्णय भएको समन्वय समितिका प्रमुखका प्रेस संयोजक ईन्द्र डिसीले जानकारी दिनुभयो ।

साथै दिवसकै अवसरमा फागुन ८ गते बिहान रक्तसञ्चार केन्द्रमा रक्तदान गर्ने पनि निर्णय भएको छ । यसैबीच घोराही उपमहानगरपालिकाले ६८ औं प्रजातन्त्र दिवसमा आयोजना हुने कार्यक्रममा सक्रियरुपमा सहभागिता जनाउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको शनिबार बसेको बैठकले यही फागुन ७ गते मनाइने ६८ औ प्रजातन्त्र दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सक्रियरुपमा सहभागिता जनाउने निर्णय गरेको हो । दिवसका अवसरमा आइतबार बिहान साढे ७ वजेदेखि तुलसीपुर चोकदेखि गुलेरिया पार्कसम्म गरिने सरसफाई अभियानको नेतृत्व गर्ने बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले ६, ७ र ८ गते बेलुका कार्यालयमा दीप प्रज्ज्वलन गर्ने र ७ गते प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र कार्यपालिका सदस्यसहितको उपस्थितिमा हुने शिक्षा सम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा सहभागी हुने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया