तुलसीपुरमा एक युवक मृत भेटिए

तुलसीपुर,५ फागुण ।
तुलसीपुरमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर ८ दोघरेमा रहेको भ्याली पेट्रोल पम्म नजिकै सडक नालामा मृत अवस्थामा अन्दाजी २० वर्षिय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

मृतकको पहिचान खुल्न नआएको डिएसपि सापकोटाले बताएका छन् । प्रहरीका अनुसार मृतकको प्रकृति हेर्दा विरामी वा कुनै औषधी सेवन गरेको हुनसक्ने अनुमान गरीएको छ । शव आज दिउसो १२ वजेतिर फेला परेको हो । उक्त शवलाई अहिले अन्चल अस्पताल तुलसीपुरमा राखीएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया