भारतीय ट्रकले नेपालमा मनपरी गरे – अध्यक्ष राणाभाट

 

तुलसीपुर, ४ फागुन

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको विकास भएमा मात्रै मुलूक समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन् । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्इवसायी समितिको १६ औं साधारणसभा तथा १२ औं अधिवसेनलाई तुलसीपुरमा सम्बोधन गर्दै अध्यक्ष रानाभाटले यातायात क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै विकासमा ध्यान नदिए आन्दोलन गर्ने चेतावनी दिए । तौल पुल कार्यविधि व्यवहारमा कार्यान्वयन नहुँदा भारतीय गाडिले नेपाला मनपरी गरेको भन्दै यसको नियन्त्रणकालागि राज्यले ठोस पहल कदमी अघि बढाउनु पर्ने बताए ।
२४ टनको भान्सार प्रज्ञापत्र लिएर भारतीय ट्रकहरुले ४० देखि ७० टन सम्म सामान ढुवानी गर्दा नेपालका सडक र पुलहरु जिर्ण अवस्थामा पुगेको उनले बताए । भारतमा २५ लाखमा खरिद गर्न सकिने ट्रक नेपालमा ५५ लाख मुल्य पर्ने भन्दै भारतीय ट्रक संग प्रतिस्पर्धा गर्न नसकिने अन्य व्यवसायीहरुले बताएका छन् ।  समितिका अध्यक्ष यादव शाहको अध्यक्षतमा भएको कार्यक्रममा महासंघका महासचिव राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य बद्री चौलागाई, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, तुलसीपुर उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालीसे, राप्ती अंचल सार्वजनिक यातायात बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली लगाएतले बोलेका थिए ।कार्यक्रमको संचालन प्रशसकिय सचिव उमेश मजगैयाँले गरेका थिए ।

यसैविच यातायात क्षेत्रमा महत्वप्रर्ण योगदान पुरयाउने कर्मचारी, मज्दुर र व्यवसायीलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रममा यातायात क्षेत्रको विकासकालागि महत्वपूर्ण योगदान पुरयाएको भन्दै गोरक्ष राष्ट्रिय दैनिकका तुलसीपुर शाखा प्रमुख बालाराम खड्कालाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया