
तुलसीपुर, ४ फागुन
विद्या जति आर्जन गरेपनि खर्च नहुने भएकाले यसको महत्व रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् । सरस्वती माध्यामिक विद्यालय तुलसीपुर ३ दमारगाउँ दाङको ४१ औं बार्षिकोत्सव समारोहमामा बोल्ने सहभागीले शिक्षा विना मानिसको जिवन फल्न र फूल्न नसक्ने बताउदै जुन ठाउँमा शिक्षा छैन त्यस ठाउँमा चेतना समेत कमि हुने बताए ।
बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अथिति तुलसीपुर उपमहानगरपालिका उपमेयर माया अचार्यले सामुदायिक र निजी विद्यालय विचको विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई गरिबको संज्ञा दिनु दुःखद पक्ष रहेको भन्दै उहाँले जुनसुकै विद्यालयमा पढेपनि शिक्षा आर्जन गर्ने थलो भएकाले सबैलाई एउटै आँखाले हेर्न आग्रह गर्नुभयो । ‘हाम्रो सोच विचार र दृष्टिकोणमा परिर्वतन ल्याउनु पर्छ,’ उपमेयर आचार्यले भन्नुभयो, अव मूलुकमा स्थिर सरकार वन्ने भएकाले शिक्षा, स्वास्थ्य, आर्थिक र सामाजिक परिवर्तनले फड्को माछ । ’
सो अवसरमा विद्यालयका प्रधानाध्यापक बसन्त प्रसाद न्यौपानेले चार पृष्ठ लामो बार्षिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तैगरी विद्यालयका पूर्व सदस्य नन्दलाल गुरुङले ५१ हजार रुपैयाँको अक्षकोष स्थापना गर्नु भएको छ भने बालकुमार श्रेष्ठको कविता संग्रह ‘अनिदो जीवनमा जुन केसीको’ विमोचन समेत गरिएको थियो ।
समारोहमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विर बहादुर विक, राप्ती बबई क्याम्पस संचालक समितिका अध्यक्ष मिनराज वली, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, शसत्र प्रहरी बेश क्याम्प तुलसीपुरका प्रहरी नायव उपरीक्षक जगदीश जोशी, अमृतपुर खानेपानी खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त खरेल, प्याव्सन दाङका उपाध्यक्ष मधुसुधन केसी, तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल, विद्यालयका पुर्व शिक्षक गोपाल प्रसाद उपाध्यय, आधारभुत विद्यालय दोघरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद भट्टराई, आधारभुत विद्यालय टिकरीका प्रधानाध्यापक हरि विक, त्रिवेणी सामुदायिक वन समुहका अध्यक्ष खड्गपानी खरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य बालकृष्ण खरेल र सस्थापक गोविन्द केसी लगाएतले बोलेका थिए ।
विद्यालयका शिक्षक प्रेमसिंह डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सुरेन्द्र गुरुङ र प्रेमप्रकास मल्लले गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।