लेखापरिक्षकहरुका लागि सिपिई तालिम

दाङ्ग, ४ फागुन । नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थाको आयोजना तथा नेपाल अडिटर्स एशोसियसन जिल्ला शाखा दाङ्गको सहयोगमा घोराहीमा लेखापरिक्षकहरुका लागि ३ दिने सिपिइ तालिम शुक्रवारबाट सुरु भएको छ । म्याङ्गो गार्डेन रिसोर्टमा सञ्चालित तालिममा राप्ती अञ्चल भरिका ७० जना लेखापरिक्षकहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथि एवम् नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य विरेन्द्र महराले सेमिनारवाट नयाँ नयाँ लेखापरिक्षण प्रणालीका साथै कानुनका वारेमा पनि जानकारी हुने भएकाले निकै फलदायि हुने कुरा वताउनु भयो । उहाँले लेखापरिक्षणका विभिन्न जटिलताहरुलाई पनि कसरी समाधान गर्ने भन्ने कुराका वारेमा सेमिनारले जानकारी दिने वताउनु भयो । हरेक वर्ष लेखापरिक्षकहरुको सीप तथा क्षमताको विकास र लेखापरिक्षकहरुका विचमा कार्यएकरुपता ल्याउनका लागि सेमिनारको आयोजना गरिदै आएको नेपाल अडिटर्स एशोसियसन जिल्ला शाखा दाङ्गका अध्यक्ष रमेश केसीले वताउनु भयो । सेमिनारमा प्रशिक्षक सिए छविलाल पोख्रेल र विनोद न्यौपानेले लेखापरिक्षण सम्वन्धि विभिन्न विषयमा प्रशिक्षण दिनुहुनेछ । उद्घाटन कार्यक्रमको सहजिकरण सचिव ललित वहादुर घर्तिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया